सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनाबाट १ लाख ६५ हजार बढीकाे मृत्यु, संक्रमित हुनेकाे संख्या २४ लाख नाघ्याे,

काठमाडौं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या २४ लाख ७ हजार २८२ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ७५ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ६ लाख २४ हजार ९५२ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १६ लाख १७ हजार २८१ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५४ हजार २२६ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण १ लाख ६५ हजार ४९ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ७ लाख ६४ हजार बढी रहेकाे छ । आइतबार मात्रै अमेरिकामा २५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७१ हजार भने पूर्णरूपमा निकाे भएका छन् ।

काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा ४० हजार ५४८ काे मृत्यु भइसकेकाे छ । त्यहाँ आइतबार मात्रै १ हजार ५३४ काे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

अमेरिकामा अहिले ६ लाख ५२ हजार ७५२ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १३ हजार ५६६ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ९८ हजार ६७४ संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

अहिले स्पेनमा एक लाख बढीमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ७ हजार बढीकाे अवस्था गम्भीर रहेको छ । अहिलेसम्म त्यहाँ २० हजार ४५३ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लाे २४ घण्टा भित्र मात्रै स्पेनमा काेराेनाका कारण ४१० जनाकाे मृत्यु भएकाे छ ।

इटालीकाे अवस्था पनि स्पेनकाे जस्तै भयावह छ । काेराेनाका कारण मृत्यु हुनेमा स्पेनमा भन्दा पनि इटालीमा बढी छ । साेमबार बिहानसम्म इटालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २३ हजार ६६० पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै इटालीमा ४३३ जनाकाे मृत्यु भएकाे छ ।

इटालीमा अहिलेसम्म १ लाख ७८ हजार ९७२ काेराेना संक्रमित भएका छन् ।आइतबार मात्रै त्यहाँ ३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४७ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले इटालीमा १ लाख ८ बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २ हजार ६३५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

फ्रान्सलाई पनि काेराेनाले भयावह बनाएकाे छ । फ्रान्समा अहिलेसम्म काेराेनाका कारण १९ हजार ७१८ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेकाे संख्या १ लाख ५२ हजार ८९४ पुगेकाे छ । आइतबार मात्रै त्यहाँ एक हजार जना नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा संक्रमित हुने मध्ये ३६ हजार ५७८ जना भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९६ हजार ५९८ जनामा काेराेना सक्रिय रहेकाे छ । ५ हजार ७४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेना बढी संक्रमण हुने अर्काे देश हाे जर्मनीमा । तर जर्मनीमा अरू देशकाे तुलनामा मृत्यु हुनेकाे संख्या कम र निकाे हुनेकाे संख्या बढी रहेकाे छ ।

अहिलेसम्म जर्मनीमा काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४५ हजार ७४२ नाघेकाे छ । तीमध्ये ८८ हजार पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५३ हजारमा काेराेना सक्रिय रहेकाे छ । २ हजार ८८९ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेनाले भयावह बनाएकाे देशमा बेलायत पनि पर्छ । अहिलेसम्म त्यहाँ १ लाख २० हजार भन्दा बढी काेराेनाबाट संक्रमित भएका छन् । मृत्यु हुनेकाे संख्या भने १६ हजार ६० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

बेलायतमा काेराेनाबाट संक्रमित भएर निकाे हुनेकाे संख्या भने एकदमै कम रहेकाे छ । अहिले त्यहाँ १ लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १ हजार ५५९ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेनाकाे उद्गम स्थलन चीनमा भने अहिले १ हजार जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८२ हजार ७३५ जना संक्रमित भएपनि करिब ७७ हजार बढी पूर्णरूपमा निकाे भइसकेका छन् । काेराेनाका कारण चीनमा ४ हजार ६३२ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »