सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेना संक्रमितको संख्या २० लाख पुग्यो, १ लाख २८ हजार बढीकाे मृत्यु

काठमाडौं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २० लाखनजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या १९ लाख ९८ हजार १०९ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ४ लाख ७८ हजार ६५८ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १३ लाख ९२ हजार ५६६ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५१ हजार ६०० जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण १ लाख २८ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ६ लाख १३ हजार बढी रहेकाे छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ हजार ८२० जना भने पूर्णरूपमा निकाे भएका छन् ।

काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा २६ हजार बढीकाे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार मात्रै २ हजार ४ सयभन्दा बढीकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

अमेरिकामा अहिले ५ लाख ५० हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १३ हजार ४७३ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६७ हजार ५०४ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले स्पेनमा ८८ हजार ३०१ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था गम्भीर रहेको छ ।

स्पेनमा अहिलेसम्म १८ हजार ५२२ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लाे २४ भित्र मात्रै स्पेनमा काेराेनाका कारण ५ सय जनाकाे मृत्यु भएकाे छ ।

इटालीकाे अवस्था पनि स्पेनकाे जस्तै भयावह छ । काेराेनाका कारण मृत्यु हुनेमा स्पेनमा भन्दा पनि इटालीमा बढी छ । बुधबार बिहानसम्म इटालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २१ हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै इटालीमा ६०२ जनाकाे मृत्यु भएकाे छ ।

इटालीमा अहिलेसम्म १ लाख ६२ हजार ४८८ काेराेना संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ ३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३७ हजार १३० जना भने पूर्णरूपमा निकाे भइरसकेका छन् । अहिले इटालीमा १ लाख ४ बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २ हजार ६८७ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

फ्रान्सलाई पनि काेराेनाले भयावह बनाएकाे छ । फ्रान्समा अहिलेसम्म काेराेनाका कारण १५ हजार ७२९ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेकाे संख्या १ लाख ३२ हजार २१० पुगेकाे छ । मंगलबार मात्रै त्यहाँ ६ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २८ हजार ८०५ जना भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९८ हजार ७६९ जनामा काेराेना सक्रिय रहेकाे छ । ६ हजार ७३० जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । काेराेना बढी संक्रमण हुने अर्काे देश हाे जर्मनीमा । तर जर्मनीमा अरू देशकाे तुलनामा मृत्यु हुनेकाे संख्या कम र निकाे हुनेकाे संख्या बढी रहेकाे छ ।

अहिलेसम्म जर्मनीमा काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३२ हजार नाघेकाे छ । तीमध्ये ६८ हजार २ सय जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६० हजार ५१५ जनामा काेराेना सक्रिय रहेकाे छ । ४ हजार २०० जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेना बढी संक्रमण हुने अर्काे देश हाे फ्रान्स । फ्रान्समा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख १३ हजार पुगेकाे छ । तीमध्ये २१ हजार २५४ जना भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८० हजार ८२७ जनामा काेराेना सक्रिय रहेकाे छ । ७ हजार १४८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

चीनमा भने अहिले १ हजार १३७ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८२ हजार २९५ जना संक्रमित भएपनि करिब ७८ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »