सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेना संक्रमितकाे संख्या ४ कराेड नाघ्याे, ११ लाख १८ हजारको मृत्यु

काठमाडौं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ४ कराेड नाघेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ४ कराेड २ लाख ६८ हजार ४ सय ८८ पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ११ लाख १८ हजार २ सय ९३ पुगेकाे छ ।

मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये ३ कराेड १ लाख ११ हजार ७ सय ४८ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख २४ हजार ९ सय २७ नयाँ संक्रमित भेटिएका छन् भने ३ हजार ९ सय ८९ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा २ लाख २७ हजार उपचारपछि घर फर्किएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »