सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लख २९ हजारबढी, संक्रमित संख्या साढे २० लाख

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ९ सय ९८ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २० लाख ३४ हजार ८ सय २१ पुगिसकेको छ, भने ४ लाख ९६ हजार ५ सय ६२ निको भइसकेका छन् । यसैबीच, ६ लाख २६ हजार ५ सय २० कोरोना केसहरु बन्द भइसकेका छन्, भने १४ लाख ८ हजार ३ सय १ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण २६ हजार ३ सय ३४ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ६ लाख १८ हजार ८ सय ९३ पुगेको छ । जसमध्ये ४० हजार २ सय ७१ जना निको भइसकेका छन् ।

त्यस्तै, इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६ सय ६५ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ३८ हजार ९२ पुगेको छ ।

स्पेनमा पनि कोरोना संक्रमणका कारण १८ हजार ५ सय ७९ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ७७ हजार ६ सय ३३ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ७० हजार ८ सय ५३ पुगेको छ ।

फ्रान्समा १ लाख ४३ हजार ३०३ जना कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ७ सय २९ को ज्यान गएको छ । यसैबीच २८ हजार ८०५ निको भएर फर्किएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ६८ पुगेको छ । त्यस्तै ९८ हजार ४७६ जना संक्रमित छन् ।

त्यस्तै, चीनमा ३ हजार ३ सय ४२ को ज्यान गएको छ, भने संक्रमितको संख्या ८२ हजार २ सय ९५ पुगेको छ । जसमध्ये ७७ हजार ८ सय १६ निको भइसकेका छन् । अहिले चीनमा १ हजार १३७ वटा मात्रै कोरोनाका केसहरु एक्टिभ छन् ।

इरानमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ७ सय ७७ पुगेको छ । ७६ हजार ३ सय ८९ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ४९ हजार ९ सय ३३ निको भइसकेका छन् । त्यस्तै टर्की, जर्मनी, बेल्जियम, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या १६ पुगेको छ । हालसम्म १ जना निको भइसकेका छन्, भने बाँकी १५ जना उपचाररत छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »