सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु

काठमाडौँ / १४ असार
विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १ सय १५ रहेको छ भने ५ लाख ६ सय २६ जनाको मृत्यु भइसकेको छ । यद्यपि, ५४ लाख ५३ हजार २ सय ४७ संक्रमित निकोसमेत भइसकेका छन् ।

संसारभरी अमेरिकामा सर्वाधिक २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् । साथै, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको वर्ल्डोमिटर्सको आँकडाले देखाउँछ । साथै यहाँ ७ लाख १५ हजार ९ सय ५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »