सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघ्यो, ६ लाख २९ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमणदर डरलाग्दो रुपमा बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

बिहीबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघेको वल्र्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्।

योसँगै विश्वर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार दुई सय ९६ पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

त्यसैगरी अमेरिकामा एक हजार दुई सय ११ र भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार चार सय ७० जनामा संक्रमण पुष्टि भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »