सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४ लाख नाघ्यो, ७ लाख ४५ हजार बढीको मृत्यु

काठमान्डौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ४ लाख ६१ हजार ७ सय ७२ पुगेको हो।

त्यस्तै कोरोना संक्रमणका कारण ७ लाख ४५ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने निको हुनेहरुको संख्या १ करोड २७ लाख ६ हजार ४० छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९१ हजार ६ सय ८९ पुगेको छ भने १ लाख ६५ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, ब्राजिलमा ३१ लाख ९ हजार ६ सय ३० संक्रमित र १ लाख ३ हजार २६ जनाको मृत्यु, भारतमा २३ लाख २९ हजार ६ सय ३८ संक्रमित र ४६ हजार ९१ को मृत्यु, रुसमा ९ लाख ७ सय ४५ जना संक्रमित र १५ हजार २ सय ३१ मृत्यु र मेक्सिकोमा ४ लाख ९२ हजार ५ सय २२ संक्रमित र ५३ हजार ९ सय २९ को मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »