सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरोना संक्रमितको संख्‍या ३ करोड ५१ लाख पुग्‍यो

काठमाडौं । विश्वभर हालसम्म ३ करोड ५१ लाख ५९ हजार ७५४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ३८ हजार २८४ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड ६१ लाख ५२ हजार ६६७ पुगेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ७६ लाख ८४६ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि २ लाख १४ हजार २७७ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ६५ लाख ५३ हजार २७ जना संक्रमित भएकोमा १ लाख १ हजार ८४१ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४९ लाख ६ हजार ८३३ जनामा संक्रमण भएकोमा १ लाख ४६ हजार ११ भन्दा धेरैको ज्यान गएको छ।

रुसमा १२ लाख १५ हजार १ जना संक्रमित भएका छन् भने २१ हजार ३५८ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ८ लाख १० हजार ८०७ संक्रमित भएकोमा ३२ हजार ८६ जनाले ज्यान गुमाएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »