सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर ज्यान गुमाउनेकाे संख्या झण्डै ३ लाख,संक्रमित हुनेकाे संख्या ४४ लाख २७ हजार नाघ्यो

काठमाडाैं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण ज्यान गुमाउनेकाे संख्या झण्डै ३ लाख पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ९८ हजार ५९ पुगेकाे छ ।

बुधबार एक दिनमा मात्रै काेराेनाका कारण विश्वभर ५ हजार ३१४ जनाकाे मृत्यु भएकाे वर्ल्डोमिटर्सले जनाएकाे छ । साथै बुधबार विश्वभर ८८ हजारभन्दा बढी काेराेनाका नयाँ बिरामी फेला परेका छन् । विश्वमा भाइरस संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ ।

याे समाचार तयार पार्दासम्म विश्वभर काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ४४ लाख २७ हजार ५४३ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १६ लाख ५७ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे पाँच गुणा बढी हाे ।

काेराेना संक्रमणका कारण अमेरिकामा मात्रै ८५ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ । याे समाचार तयार पार्दासम्म अमेरिकामा ८५ हजार १९७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ३० हजार ३४८ पुगेकाे छ । त्यहाँ एकै दिनमा १ हजार १७२ जनाकाे मृत्यु भएकाे छ भने २१ हजार ७१२ नयाँ संक्रमित थपिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »