काठमाडौं / २६ असार
विश्वमा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ। यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ। संक्रमितको संख्या १ करोड २२ लाख २० हजार १ सय ६६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकले देखाएको छ।
त्यस्तै, ५ लाख ५३ हजार ४ सय ३८ पुगेको छ। हालसम्म ६६ लाख ९६ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन्।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित ३१ लाख ११ हजार ९ सय २ पुगेका छन् भने १ लाख ३३ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ।
ब्राजिलमा १७ लाख ५५ हजार ७ सय ७९ संक्रमित र ६९ हजार १ सय ८४ मृत्यु, भारतमा ७ लाख ६७ हजार २ सय ९६ संक्रमित र २१ हजार १ सय २९ को मृत्यु तथा रुसमा ७ लाख ६ हजार २ सय ४० संक्रमित र १० हजार ८ सय २६ को मृत्यु भएके छ।
यस्तै, बेलायतमा २ लाख ८९ हजार १ सय ५४, मेक्सिकोमा २ लाख ७५ हजार ३ र स्पेनमा २ लाख ५३ हजार ५६ जना संक्रमित भएका छन्।