सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर १ करोड ७१ लाख बढीमा कोरोना संक्रमण, ६ लाख ६९ हजारको मृत्यु

काठमाडौं। विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ ।

त्यस्तै निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५२३ जनाको मृत्यु भएको छ । २८ लाख ३२ हजार ७८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »