सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर १ करोड ८४ लाख कोरोना संक्रमित, ६ लाख ९६ हजारको मृत्यु

काठमाडौं । विश्वभर हालसम्म १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको हो ।

यस्तै एकै दिन ४ हजार ३६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८१७ पुगेको छ ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् ।

मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६६६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »