सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर २ करोड ३३ लाख कोरोना संक्रमित, ८ लाख ८ हजार बढीको मृत्यु

काठमाडौं। विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै,उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७१० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख २ हजार १०२ पुगेको छ । त्यसमध्ये ३८ लाख ६१ हजार ३७८ जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »