सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर २ करोड ४० लाख कोरोना संक्रमित,८ लाख २२ हजार बढीको मृत्यु

एजेन्सी। कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ४० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ४० लाख २८ हजार ५ सय ५७ पुगेको हो।

हालसम्म संक्रमणका कारण ८ लाख २२ हजार ४ सय ३ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ६९ हजार ९९ जना निको भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५८ लाख १७ हजार ५ सय ३८ पुगेको छ भने १ लाख ७९ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा ३६ लाख ६९ हजार ९ सय ९५ संक्रमित र १ लाख १६ हजार ५ सय ८० को मृत्यु, भारतमा ३२ लाख ३४ हजार ४ सय ७४ संक्रमित र ५९ हजार ४ सय ४९ को मृत्यु, रुसमा ९ लाख ६८ हजार २ सय ९७ संक्रमित र १६ हजार ६ सय ३८ मृत्यु, भएको छ।

त्यस्तै, दक्षिण अफ्रिकामा ६ लाख १५ हजार ७ सय १ संक्रमित र १३ हजार ५ सय २ को मृत्यु, पेरुमा ६ लाख ७ हजार ३ सय ८२ संक्रमित र २८ हजार १ जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »