सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोनाबाट २ करोड ७४ लाख संक्रमित, ८ लाख ९६ हजारको मृत्यु

काठमाडौं। विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो ।

यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४२१ पुगेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९११ पुगेको छ ।

एकै दिन २ लाख १६ हजार ८०५ मानिस कोरोना संक्रमणमुक्त भएका हुन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »