सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोनाबाट २ करोड ३१ लाख संक्रमित, ८ लाख बढीको मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।

वर्ल्डओमिटरका अनुसार आज (शनिबार) विहानसम्ममा विश्वभर कोरोना संक्रमणबाट आठ लाख दुई हजार तीन सय ६२ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय २४ जनाले ज्यान गुमाएका छन् ।

यस अवधिमा दुई लाख ४७ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९७ हजार आठ सय ४८ पुगेको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या अण्डै ५८ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »