सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोनाबाट ६ लाख ३५ हजारको मृत्यु, १ करोड ५५ लाख ८१ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ३५ हजार १७३ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ५५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ८१ हजार ९ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

त्यस्तै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पनि पहिलो नम्बरमा अमेरिका नै छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »