सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना:५२ लाख ८४ हजार बढी संक्रमित,३ लाख ४३ हजारले ज्यान गुमाए,२२ लाखनिकाे भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ लाख ८४ हजारभन्दा नाघेको छ । यस्तै ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर आइतबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख १ हजार २२२ पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये २२ लाख ४७ हजार ११० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ६ गुणा बढी हाे । अहिलेसम्म विश्वभर काेराेनाका कारण ३ लाख ४३ हजार ७९९ ले ज्यान गुमाएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर झण्डै एक लाख काेराेना संक्रमित थपिएका छन् शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५३ लाख ३ हजार ३९३ थियाे । अहिले विश्वभर २८ लाख १० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ४४ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९७ हजार ४८ छ ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय २२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ३ हजार ८ सय ९० जना संक्रमित छन् भने २१ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ७ सय ५७ छ । स्पेनमा २ लाख ३५ हजार २ सय ९० जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ६ सय ७८ छ ।

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ३१ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ८६८ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ५४ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ७३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७९ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २६१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९७४ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »