सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना संक्रमित १ करोड ७ लाख भन्दा धेरै,५ लाख १८ हजारको मृत्यु

काठमाडौं, १८ असार
कोरोना संक्रमितको संख्या विश्वमा एक करोड सात लाख नाघेको छ । विभिन्न तथ्यांक निकाल्ने वल्डोमिटर्सका अनुसार यो समाचार तयार पार्दा सम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७ लाख ९३ हजार ४१७ पुगेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार नाघेको छ । वल्डोमिटर्सका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार ४६ पुगेको छ ।

त्यसैगरी ५९ लाख ३२ हजार ४०७ जना निको भएर घर फर्की सकेका छन।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »