सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २६ लाख, ५ लाख ६३ हजारको मृत्यु

काठमाडौं / २८ असार।
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर १ करोड २६ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो समाछार तयार पार्दा सम्म विश्वभर संक्रमित १ करोड २६ लाख ७१ हजार ५ सय ९२ पुगेको छ । यसैगरी मृत्यु हुनेहरुको संख्या ५ लाख ६३ हजार ८ सय ४१ पुगेको छ।

त्यस्तै हालसम्म ६९ लाख ७५ हजार २ सय २७ जना निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित हुनेको संख्या ३२ लाख ४२ हजार ७३ पुगेको छ भने हालसम्म १ लाख ३२ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै ब्राजिलमा १८ लाख ३९ हजार ८ सय ५० जना संक्रमित र ७१ हजार ४ सय ६९ मृत्यु, भारतमा ८ लाख २० हजार ९ सय १६ संक्रमित र २२ हजार १ सय २३ मृत्यु र रुसमा ७ लाख १९ हजार ४ सय ४९ जना संक्रमित र ११ हजार १ सय ८८ जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »