सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो,८ लाख ७८ हजारको मृत्यु

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख १४ हजार रहेको छ ।

चीनको हुवाइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »