सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा १ करोड ७७ लाख कोरोना संक्रमित, एकै दिन थपिए २ लाख ९२ हजार बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७७ लाख बढी पुगेको छ ।

यस्तै कोरोना बाट विश्वमा ६ लाख ८२ हजार जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५२७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् ।

अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै सङ्क्रमित थपिएका संगठनले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८१२ जनाको भने ज्यान गएको छ ।एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ५९ लाखमध्ये एक प्रतिशत अर्थात साढे ६५ हजारको अवस्था जटिल भए पनि बाँकी ५८ लाखको अवस्था सामान्य छ ।

भर्खरै

सम्बन्धित खबर

Language »