सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा २ करोड ५ लाख बढी कोरोना संक्रमित, ७ लाख ४४ हजारको मृत्यु

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको हो ।

कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ ।

उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ । संक्रमित मध्ये १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१६ देशमा फैलिएको छ ।

हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् ।

कतिपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »