सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्व रक्तसंचार सेवा दिवसमा बृहत रक्तदान कार्यक्रम

प्रहलाद विश्वकर्मा

नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा विश्व रक्तदाता दिवस नेपालगंजमा मनाइएको छ ।

यो वर्ष “सुरक्षित रगतले जीवन बचाउछ, रक्तदान स्वस्थ विश्वको आहवान” भन्ने मुल नाराका साथ हरेक वर्ष १४ जुनका दिन विश्व भरी रक्तदाता दिवस मनाइ रहेका छन् । रगतको समुह पता लगाउने डाक्टर प्बच िीबलमकतभष्लभच को जन्म दिनको अवसर पारेर यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य अजीतकुमार शर्माले रक्तसंचार सेवा नेपालमा रेडक्रसले मात्र संचालन गरिएको बताउदै रगतको अभाव हुन नदिन हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न आहवान गर्नु भयो ।

नेपाल मानव धर्म सेवा समिति नेपालगंजका प्रमुख प्रभारी नन्दानी बाईले मानव सेवा नै सबै भन्दा ठूलो सेवा हो उद्गार गर्दै यस सेवा समितिले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेको बताउनु भयो ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र नेपालगंजको समन्वयमा नेपाल मानव धर्म सेवा समिति, एकता युवा क्लब पुरैनी र कोहलपुर जेसीसले बृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नोवेल कारोना भाइरसका कारण रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव हुँदै आएकोमा यो रक्तदान कार्यक्रमबाट विरामीहरुलाई ठूलो सहयोग पुग्ने रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, स्वास्थ्य समिति, नगरभित्रका उपशाखाका सभापति, स्वयंसेवी रक्तदाता, कर्मचारी र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »