सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्व स्वास्थ्य संगठनको सुझाव:स्वस्थ जीवनशैली अपनाउँ

विश्व स्वास्थ्य संगठनले रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपिन र जीवनशैलीमा विशेष ध्यान दिन अपिल गरेको छ ।  जेनेभामा पत्रकार ब्रिफिङ कार्यक्रममा संगठनका महानिर्देशक अधानोम टेड्रोसले रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड नाइन्टिनको संक्रमण कम हुने भएकाले सबैलाई आफ्नो खानपिनमा ध्यान दिन आग्रह गर्नुभयो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न स्वस्थ जीवनशैली अपनाउन दिएका सुझावहरु :

१. खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । पौष्टिक र सन्तुलित आहारको सेवन गर्ने ।

२ . अल्कोहल र पेय पदार्थ नखाने ।

३. धुमपानबाट टाढा रहने । धुमपानले विभिन्न किसिमका रोग उत्पन्न गराउने र प्रतिरोधात्मक क्षमता घटाउने भएकाले कोभिड नाइन्टिनको संक्रमण उच्च रहन्छ ।

४. शारीरिक व्यायाममा विशेष ध्यान दिने । व्यायामले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले शारीरिक व्यायामलाई प्राथमिकतामा राख्नुपर्नेमा विश्वस्वास्थ्य संगठनले जोड दिएको छ । दिनमा युवालाई ३० मिनेट र बच्चालाई एक घण्टा शारीरिक व्यायाम गर्न सुझाव ।

५. यो समय सकेसम्म घरबाट बाहिर निस्कने समय होइन । तपाई घरमा बसिरहनुभएको छ भने योग गर्नु, संगीत सुन्नु, नाचगान गरेर स्फूर्त रहने । यदी तपाई कार्यालय जानैपर्ने भए एउटै पोजिशनमा बसेर काम नगर्ने । प्रत्येक ३० मिनेटमा ३ मिनेट ब्रेक लिएर आफ्नो काम गर्ने  ।

६. मानसिक स्वास्थ्यलाई ध्यान दिने । कोरोना भाइरसबाट नआत्तिने । यसबारे तनाव नलिने । संगीत सुन्ने, किताब पढ्ने । एक अर्कालाई सहयोग गर्ने । धेरै समाचारहरु नहेर्ने नसुन्ने । दिनमा २ पटक सही सूचना लिने माध्यमबाट सूचना लिने ।

कोरोनाका बारेमा विश्व स्वास्थ्य संगठनले फेसबुक र वाट्स एप मार्फत सूचना प्रवाह गरिरहेको छ । अर्काे सातादेखि स्थानिय भाषाबाट पनि कोभिड नाइन्टिनका बारेमा सन्देश प्रवाह गर्नेछौँ । बिल्कुलै नआत्तिनुस् अहिलेको परिस्थिति हाम्रो लागि सिक्ने र जान्ने मौका पनि हो । सबै एक भई डटेर अघि बढौँ ।

भर्खरै

सम्बन्धित खबर

Language »