सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना कोरोना जितेर डिस्चार्ज

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका २८ जना कोराना सक्रमित डिस्र्चाज भएका छन् । झापाका उनीहरु सबै कोरोना सक्रमणलाई जितेर सोमबार राति डिस्चार्ज भएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कोरोना सक्रमण देखिएपछि उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका उनीहरुको प्रतिष्ठानको ल्यावमा पुन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि डिस्र्चाज गरिएको हो। उनीहरु १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषहरु रहेका छन । धरानमा अब ५५ जना उपचाररत छन् ।

प्रवक्ता सापकोटाले प्रतिष्ठानवाट पहिलो पटक १८, दोस्रो पटक तीन र तेस्रो १२ र चौथो पटक २८ जना गरी हालसम्म ६१ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएको जानकारी दिनुभयो ।

अब प्रतिष्ठानमा हाल ५५ जना कोरोना संक्रमितको उपचार भइरहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सह प्रवत्ता आशिस श्रेष्ठले बताउनुभयो ।

यस्तै प्रदेश १ मा २७७ जना कोरोना पोजेटिभ छन् । कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »