सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीरगन्जमा उपचार नपाएर मृत्यु भएको भन्दै प्रदर्शन

वीरगन्ज । उपचार नपाउँदा बिरामीको मृत्यु भएको भन्दै वीरगन्जको नारायणी अस्पताल अगाडि प्रदर्शन भएको छ । पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन जनाको मृत्यु भएको छ ।

आइबार बिहान करिब १० बजेको समयमा निषेधाज्ञा उल्लंघन गर्दै अस्पताल अगाडि स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारिहरुले चिकित्सक र अस्पतालकाविरुद्धमा नारासमेत लगाएका थिए । अस्पतालको प्रसूति गृह अगाडि स्थापना गरिएको कोभिड बुथमा प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीले एउटा निजी गाडीको सिसा फुटाइदिएका छन् ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीमध्येका एक छपकैयाका अमितकुमारले बिरामीलाई निजी अस्पतालले भर्ना गरून् र चिकित्सकले पनि लापरबाही नगरुन् भन्नका लागि विरोध प्रदर्शन गरिएको बताए ।

नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि उनीहरुले माग गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »