सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वृद्धा महिलाको उपचार हुँदै


नेपालगञ्ज, उपचार गर्न नपाएर अलपत्र अवस्थामा परेका दुई वृद्धा महिलाको अहिले भेरी अष्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि नेपालगञ्ज आएका डोल्पा ठुली भेरी– १ दुनैकी सीता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी ४ महिनादेखी अलपत्र सरहको अवस्थामा रहदै आउनु भएको थियो ।


लक्ष्मी उपचारका लागि सहयोगी बनेर आउनु भएपनि उहाँ पनि अस्वस्थ भयपछी उपचार गरियको हो । दुनैका व्यक्तिहरुबाट सहयोग जुटाएर फागुन १७ गते नेपालगञ्ज आएका उनीहरु राम्ररी उपचार गर्न नपाउदै लक डाउनमा परेका हुन् । नेपालगञ्ज वडा न २० राझा एअरपोर्ट नजीकै पशुपति नगरमा चैत्र १० वस्दै आएका हुन् ।
सुरुमा नेपालगञ्ज मेडीकल कलेजमा उपचार गरियपनी पुर्ण निको नभएकै अवस्थामा फर्काइ दिएको उनीहरुको गुनोसो थियो । भएको पैंसा उपचार र खाना खर्चमा गएपछि साँझ विहानको छाक टार्न पनि धौ धौ भएपछि दयनीय खवर सार्वजनिक भएको हो । उनीहरुको उद्धार गरिएको एक हप्तापछि उपचार प्रक्रिया शुरु गरिएको हो ।
एउटा कोठामा कष्टकर जीवन विताइरहेका उनीहरुलाई काँरकाँदो निवासी बसन्ती रोकाया शर्माले जेठ २१ गते उद्धार गरेर आफनो घरमा बास दिएकी हुन् । डोल्पा माइत भएकी रोकायाले घरमा मात्र ल्याइनन्, उपचारका लागि भेरी अष्पताल समेत पु¥याइन ।

अहिले शाहीको बेड न १५ मा उपचार भइरहेको छ । यसैबीच उपचारका लागि सम्वाद समूह बाँकेका तर्फबाट भेरी अष्पतालमा आवश्यक समन्वय र सहजीकरण गरिएको छ । कमजोरीकारण विरामीको अवस्था नाजुक छ ।

रोग के हो भन्ने पनि स्पष्ट पत्ता नलागीसकेको अवस्था छ । पैंसा पनि नभएको र आफन्त पनि कोही नभएकाले आवश्यक सहयोग गर्न पनि उहाँहरुले अपील गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »