सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वृहत् साँस्कृतिक २८५७ औं सोनाम ल्होछार तथा “क्राना लासी एदा” बोलको गीत विमोचन

भक्तपुर ।मञ्जुश्री संवत् २८५७ औं “लाङ” म्हे ल्हो वृहत् सोनाम ल्होछार सांगीतिक कार्यक्रमका साथ गायक तथा संगीतकार अभिषेक तामाङको नयाँ माया प्रेमगीत “क्राना लासी एदा ”भन्ने बोलको गीतको म्युजिक भिडियो विमोचन  भएको छ। 

 कार्यक्रम शुभकामना पार्टी प्यालेस सुर्यबिनायक भक्तपुरमा तामाङ्ग चलचित्र कलाकार संघ का अध्यक्ष  तथा आदिवासि चलचित्र महासंघ का उपाध्यक्ष  समेत रहेका तामाङ्ग चलचित्र का खलनायक को भुमिकामा  ख्याति प्राप्त कलाकार बिगु थोकर को प्रमुख आतिथ्य र तामाङ्ग समुदायका चर्चित कलाकार हरु  को उपस्थितिमा भएको थियो  ।

उक्त कार्यक्रममा  स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो  ।

पत्रकार हेम बोम्जन शब्दमा गायक अभिषेक तामाङले संगीत संयोजन गरिएको हो।भन्ने गायक अभिषेक तामाङ र गायिका रश्मि दोङको आवाज रहेको छ । 

उक्त गीतको म्युजिक भिडियोमा मोडल लाक्पा लामा,रियाज लामा , सुजिना गोले र एरिना मोक्तानले अभिनय गरेका छन् ।

प्रतीक ङ्यसुरको निर्देशन रहेको  भिडियोलाई सुर्य लामाले छायांकन गरेको हो।

कार्यक्रम मा गीत  को म्युजिक भिडीयो को बिमोचन गरीनुको साथै ल्होसारको शुभकामना आदान प्र्दान र कलाकार हरु  को बेजोड प्रस्तुती मा उपस्थित सबै ले नाचगान गरेर रमाईलो गरेका थिए  ।

भर्खरै

सम्बन्धित खबर

Language »