सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

व्यवसायीका मुद्दा ‘टिपोट’ गर्दै समावेशी प्यानलका उम्मेदवार, घोषणापत्रमा समेट्ने

नेपालगञ्ज ,नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले घरदैलोका क्रममा उद्योगी, व्यवसायीका मुद्दाका बारेमा सुझाव संकलन गरेको छ । यसरी संकलन भएको सुझावलाई समावेशी प्यानलले आफ्नो घोषणापत्रमा समेट्ने तयारी गरेको हो ।

‘उद्योगी, व्यवसायीका समस्याका बिषयमा हामी कुनै न कुनै रुपमा भुक्तभोगी छौं । त्यस्ता समस्या समाधानका लागि काम पनि गरेका छौं ।’ अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने–‘ फेरी पनि व्यवसायी साथीहरुसंग सुझाव संकलन गरिरहेका छौं ।’

उपाध्यक्ष पदका उम्मेदवारद्धय ज्ञानेन्द्र कुमार श्रेष्ठ र आदेश अग्रवालले पहिलो पटक उद्योगी, व्यवसायीले अपनत्व महसुस गर्ने गरी घोषणापत्र ल्याउन लागिएको बताएका छन् । ‘यसपटकको घोषणापत्रमा हामी सबै उद्योगी, व्यवसायीले अपनत्व महसुस हुने मुद्दा समेट्छौ ।’– श्रेष्ठ र अग्रवालले भने । उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष ९वाणिज्य० तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष ९उद्योग० तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् । समावेशी प्यानलले केही दिनमै घोषणापत्र सार्वजनिक गर्दै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »