सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

व्यवसायीद्धारा सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक

नेपालगन्ज , बाँकेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगन्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् ।

उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । खाँ भने आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

खाँले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेको खाँले भने बाँकेको जमुनाहा नाका,डुडुवा गाँउपालिका, जानकी गाँउपालिकाको विभिन्न नाका र नरैनापुर गाँउपालिका क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको खाँले बताए । नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई मासिकरुपमा नै लाइन दिने कार्य नरोकिदासम्म नेपाली किसानले यसैगरी मार खेपिरहन पर्ने खाँले बताउनु भएको थियोे ।

भर्खरै

सम्बन्धित खबर

Language »