सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने

काठमाडौँ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मङ्गलबजारस्थित जोशी निवास पुगेर यस्तो खबर दिएका हुन् । जोशीलाई भेट्दै उनले आफूलाई राष्ट्रपति विद्यादेवी भन्डारीले भेट्न पठाएको तथा विद्यालय खोल्ने विषयमा अनुमति तथा राय लिन पठाएको श्रेष्ठले बताए ।

शताब्दी पुरुष जोशीसँग कुरा गर्दै उनले भने “राष्ट्रपतिको समस्या छ । भेट्न मन लाग्यो भन्दैमा फुत्त निस्कन मिल्दैन । त्यसैले यथार्थ अवस्था, स्वास्थ लगायत स्कुलको बारेमा जानकारी लिन पठाउनु भएको हो, पिता सरहको मान्छे भनेर श्रद्धा र सम्मानका साथ हेर्नुहुन्छ ।”

श्रेष्ठका अनुसार जोशीका नाममा बन्ने विद्यालयको गुणस्तर दरवार हाइस्कुलको जस्तो हुनेछ । तर कहाँ खोल्ने त्यस विषयमा उनीबाटै अनुमती लिन चाहेको बताए । उनको अनुमती बमोजिम सरकारले नेपालको कुनै पनि ठाउँमा स्कुल स्थापना गर्न सक्ने बताए । श्रेष्ठले भने “जोशीकै हातबाट शिलान्यास गर्न पाए अझै राम्रो हुने थियो ।

सरकारले नियमित स्वास्थ परीक्षण तथा जुनसुकै अस्पतालमा उपचार गर्न सक्ने सुविधा उपलब्ध गराएको मन्त्री श्रेष्ठले जनाए । अस्पताल बस्नु परेको खन्डमा दुई जना कुरुवाको समेत ब्यवस्था सरकारले गर्ने ब्यवस्था गरेको छ । एउटा जिउँदो इतिहासका लागि यस्तो काम अगाडि बढाउन पाउनु गर्वको कुरा भएको उनको भनाइ छ ।

राष्ट्रपतिको निर्देशन वमोजिम सुझाव, सल्लाह लिन पुगेका मन्त्री श्रेष्ठसँग जोशीले सरकारले गर्नुपर्ने सम्पूर्ण सुविधा उपलब्ध गराइसकेकाले आभारी भएको बताए । सरकारले सम्पूर्ण उपचार खर्च ब्यहोरेको पनि बताए ।

राष्ट्रपतिले नै आफ्नो स्वास्थ्यको ख्याल गर्नु र मन्त्रीलाई पठाउनु गौरवान्वित कुरा भएको बताए । जोशीले भने ुसरकारले दिने जति सबै कुरा दिइसकेको छ । मेरो नामको हुलाक टिकट आफ्नै आँखाले हेर्न पाएँ । राष्ट्रपति भवनमा राष्ट्रपति आफैँले टाचा लगाएकोमा पनि गौरवान्वित छु । मुद्रामा पनि मेरो मुहार अङ्कित सिक्काहरु बनाइएको छ । मरणोपरान्त हुने कुराहरु जिउँदै देखेँ । यो पाएन, त्यो पाएन भन्नू बेकार हो ।ु

विद्यालय स्थापना गर्ने विषयमा भर्खरै सुनेको बताए । भाषा, साहित्य, संस्कृतिमा लगाव हुनेहरुको लागि यस कार्य अनुकरणीय बन्ने बताउँदै भने ुसरकारले दूरदर्शी कदम चलाएको छ । तर सरकारले पिछडिएका समुदायका लागि विद्यालय स्थापना गरिदिए हुन्छ । जहाँ विद्यालय छ त्यहाँ किन खोल्नु । तर नेपालको कुनै पनि ठाउँमा खोले हुन्छ ।ु

उनको नाममा स्थापना हुने विद्यालयमा बाहिर गेटमा पूर्णकदको प्रतिमा राखिने, बगैंचा राखिनेछ । सम्भवत अर्को आर्थिक वर्षदेखि बनाइने र नमुना स्कुलको रुपमा तय गरिनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ अर्ब रुपैयाँ सम्पूर्ण स्थानीय तहमा शैक्षिक कार्यक्रमका लागि दिइनेछ ।

यस विद्यालय स्थापना कार्यक्रम पनि यसैमा पर्ने ठूलो तथा आकर्षक कार्यक्रम भएको मन्त्री श्रेष्ठले बताए। ब्यवस्थित डीपीआर गरेर आगाडी बढ्ने र सुन्दर, ब्यवस्थित, ठूलो ठाउँ भएको जग्गाको खोजीमा रहेको बताए ।

ललितपुर महानगरपालिकाले पनि यस विषयमा आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको मेयर चिरिबाबु महर्जनले बताए । ललितपुरमा जन्मिएको तथा यहाँको बासिन्दा भएकाले उत्त विद्यालय ललितपुरमा स्थापना गर्न पाए हुन्थ्यो जस्तो लागेको बताए । महानगरले जोशीको सम्मानमा वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीमार्ग पुल्चोकदेखि ग्वार्कोसम्म नामाकरण गर्ने निर्णय भएको महर्जनले सुनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »