सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शनिबार काठमाडौं ग्रान्डीमा कोरोना देखिएपछि अस्पताल सिल

काठमाडौं । शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ। अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ।

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको कोरोना संक्रमणको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएका जानकारी दिएको थियो।

ग्राण्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले अस्पतालमा कोरोना संक्रमित भेटिएको स्वीकार गरेपनि यसबारे थप विवरण दिएनन। संक्रमितको कन्ट्र्याक ट्रेसिङमा स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »