सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शनिबार कोरियाबाट २ सय ३६ नेपाली फर्किंदै, बिरामी र सुत्केरीलाई पहिलो प्राथमिकता

काठमाडौं । कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका २ सय ३६ जना नेपाली शनिबार घर फर्किने भएका छन् । दक्षिण कोरियाले नेपाली कामदार लिन पठाउने जहाजमा उनीहरू फर्कन लागेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण उडान नभएपछि उनीहरू समस्यामा थिए ।

कोरियन एयरको जहाज यात्रुबिनै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका हुन् । ईपीएसमार्फत कोरिया आएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।

कोरियाबाट नेपाल उड्दा कोरियन एयरको टिकट ३० देखि ५० हजार रुपैयाँसम्म पर्थ्यो । चार्टर गरिएको विमानमा नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेका छन् । नेपालबाट पनि गत मंगलबार कोरिया आएका नेपालीले त्यस्तै चर्को शुल्क तिरेका थिए ।

नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो । त्यही नामावलीभित्रका शनिबार फर्कन लागेका दूतावासले जनाएको छ । दूतावासका अनुसार बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »