सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शशिकला, बसन्ती र सबुको हल्का हल्का मायामा हेरुका लामाकाे अग्नी परिक्षा

काठमाडौँ । बौद्धकाे मःमः प्लाजामा भएको पत्रकार सम्मेलनमा उपस्थित सबै जनाले ताली बजाउदै हल्का हल्का माया साटिरहेका थिए । गायिक शशिकला मोक्तानले सबैलाई हल्का हल्का खुशीको मुस्कान छर्दै स्वागत गरिहदा मोडल सबु गोले र मनिषा तामाङ उपस्थित पत्रकार, प्रमुख अतिथि, अतिथिहरुलाई खादा द्वरा सम्मान गर्दै हल्का माया बाँडिरहयाे ।

नायक तथा निर्देशक हेरुका लामा सभाध्यक्ष ग्रहण गरी हल्का हल्का मायामा रमाउदै थिए । पत्रकार छेडुप तामाङ दोङले माया प्रीतिमा रमाइरहेका मायालु समुहमा व्युउ रोपेर मुरि फल्ने कथा सुनाइरहेको थियो ।

हल्का हल्का माया अरुको श्रीमतीसँग पनि हुन सक्छ । अरु जातको मान्छेसँग पनि हुन सक्छ । मायाको जात हुँदैन, रङ्ग हुँदैन । त्यो माया हल्का हल्का जो कसैलाई बाढ्न सकिन्छ । त्यही हल्का माया सबु गोले र बसन्ती लामाले सन्जय थापालाई बाँढेको थियो । तामाङनीको हल्का मायामा सन्जय थापाले विवाह गर्ने सपना बोक्दै बसन्ती र सबु गोलेको वैशालु जवानीमा फिदा भएको थियो । सबु गोले र बसन्ती तामाङ बन्दै थिइन्। “हल्का हल्का माया बस्यो यो मनमा कसैको, आज भोलि लाज लाग्छ, खै कुन्नी के भाको” ।

मसक्क मस्केर जिस्किन थाले पछि सन्जय थापा मख्ख परिरहन्छ तर त्यही बेला बसन्ती र सबुको श्रीमान आइपुग्छन् । श्रीमतीसँग जिस्केको थाहा पाए पछि गालामा चट्क्न लाउदा सपनाबाट जस्किन्छन् सन्जय थापा ।

हो आज भोलि मायामा बिकृति आएको छ । त्यही बिकृती र विसंगीलाई कथामा उनेर गायिका शशिकला मोक्तानको सुरिलो आवाज रहेको “हल्का हल्का माया बस्यो” म्यूजिक भिडियोलाई निर्देशन तथा निर्माण गरेका छन् नायक तथा निर्देशक हेरुका लामाले ।

धेरै नेपाली चलचित्र क्षेत्रको अनुभव बटुल्न सफल हेरुका लामाले यो म्यूजिक भिडियोलाई ठट्यौली तर सन्देश मुलक म्यूजिक भिडियोकोरुपमा निर्माण गरेको छ । सबु गोले र बसन्ती लामाले नृत्यमा कुनै कमी आउन दिएको छैन । म्यूजिक भिडियोमा सबै पक्ष राम्रो नै छन् तर लोकेशन राम्रो छान्न नसकेको हो कि ? भन्ने प्राय सबैको गुनासो रहेका छन् ।

लगानीलाई थोरै वृद्घि गरेमा अहिलेको भन्दा धेरै राम्रो भिडियो निर्माण हुन सक्ने नायक,निर्देशक तथा मोडल हेरुका लामालाई सबैले सुझाव दिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा शब्द रचनाकारको रुपमा नाम कमाउन सफल मिन सागार लामाको शब्द रचना रहेको यो म्यूजिक भिडियोमा वरिष्ठ संगितकार तथा तामाङ समुदायको स्वर सम्रट चन्द्रकुमार दोङको संगीत रहेको छ ।

भिडियोलाई सुन्दर रुप दिनका लागि क्यामरामा रेबन्त बिक्रम थापा, सम्पादन तथा कलर संयोजनमा राजु तामाङ दोङको रहेको छ भने हेरुका लामाको नै निर्देशन, कोरियोग्राफर रहेका छन् । यो म्यूजिक भिडियोलाई हेरुका लामा अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा विश्वदोङले अहिलेको यो आधुनिक डिजिटलको जमानामा तामाङ समुदायले गीत संगीतमा धेरै प्रगती गरेता पनि शब्द समयोजन तथा संगीतको दुरुपयोग गरेकोमा गुनासो पोखेको थियो ।
प्रमुख अतिथि चन्द्रकुमार दोङले गायिका शशिकला मोक्तानको जीवनमा आधारित यो गीत सबैले रुजाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले सबैसँग हल्का हल्का माया बाँडेर नै जीवनको महत्वपुर्ण समय विताएको अनुभव सुनाउनु भएको थियो । “शारिरीक संबन्ध मात्र प्रेम होइन । एकले अर्काको मर्मा बुझन सक्नु नै प्रेम हो ।”उहाँले सबैमा अनुरोध गदै भन्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »