सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको स्वयं सेवक सदस्यमा मनोनित

काठमाडौं । बिभिन्न सामाजिक कृयाकलाप तथा संचार क्षेत्रमा कृयाशिल दिपेन्द्र ढकाललाई अन्तराष्ट्रिय मानव अधिकार आयोग ले स्वयं सेवक सदस्यमा मनोनित गरेको छ ।
लामो समय कतारमा समेत ब्यबसाय गरेर नेपाल फर्किएका ढकालले शान्ति नेपाल नामक संस्था मार्फत थुप्रै सामाजिक कामहरु गरेका छन् ।
कोभिड १९ ले आम नागरिकमा त्रास फैलाएको अबस्थामा समेत उनको संस्थाको संयोजनमा मानवको लागि मानव अभियान मार्फत दैनिक सयौं जनालाई निशुल्क भोजन र केहि ठाउँमा राहत बितरण समेत गरिएको थियो ।
पछिल्लो समय आम नेपाली टेलिभिजनमा कार्यक्रम मिसन भण्डाफोर चलाएपछि उनि आम नागरिकमा चर्चा बटुल्न सफल भएका थिए ।
हाल उनि आफैले शान्ति नेपाल मिडिया हाउस प्रा.लि. खोलेर शान्ति नेपाल डटकम अनलाईन पत्रिका तथा शान्ति नेपाल एच डी टेलिभिजन सन्चालनको तयारीमा रहेका छन् ।
उनले गरेका सामाजिक कामलाई सम्मान गर्दै अन्तराष्ट्रिय मानव अधिकार आयोग ले उनलाई स्वयं सेवक सदस्यमा मनोनित गरेको हो ।
संचारकर्मी संग कुराकानि गर्दै उनले यो सदस्यता प्राप्ति संगै आफुमा अझ सामाजिक जिम्मेवारी थपिएको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »