सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शास्त्रिय मान्यता अनुसार यसरि भएको थियो “पृथ्वी”को नामाकरण

मानिस पृथ्विको सबैभन्दा संयमित प्राणि हो । मानिस  मात्र यो दुनियाको खोज र यसलाइ ब्यवस्थापन गर्न सक्छ । यहि क्रममा मानिसले पृथ्वीका सम्पुर्ण कुराको उपभोग गर्दछ । पृथ्वि नै मानिसको एक मात्र बासस्थान हो । आउनुहोस् आज यहि पृथ्वीको बारेमा कुरा गरौ ।

पृथ्वीको नामको बारेमा बिभिन्न देश, धर्म, परिस्थिती र समाज आनुसार फरक फरक ब्याख्या पाइन्छ हिन्दु धर्म शास्त्रका अनुसार पृथ्विको नाम पहिला राजा पृथुको नामबाट नामाकरण गरिएको हो भन्ने कुरा उल्लेख गरिएको छ ।

को हुन् राजा पृथु

पृथु यो सृष्टिका सबै भन्दा पहिला राजा हुन् । हिन्दू धर्मका अनुसार राजा पृथुलाई भगवान विष्णुका २४ अवतारहरू मध्यको एक अवतार मानिएको छ। राजा पृथु सयंभुव मनु र शतरुपाका छोरा थिए। सयंभुव मनुलाई सृष्टिका पहिला पुरुष र शतरुपालाई सृष्टिकी पहिली महिला भनिएको छ। राजा पृथुले आफ्नो रथमा सूर्य जस्तै तेजीला पाँग्राहरू जोडेर पृथ्वीमा चलाएका थिए।

त्यसकारण पृथ्वीमा सात दिप तथा नौ खण्ड बनेको कुरा हिन्दू धर्म ग्रन्थहरूले पुष्टी गरेका छन्। राजा पृथुले नै यो भूमीलाई समथर र उब्जाउ योग्य बनाएका थिए । त्यस्तै राजा पृथुले गौ रुपी पृथ्वीलाई दुहेर सबै बिउहरू निकालेका थिए। राजा पृथुले दुहेर बिउ निकालेका कारण पृथ्वीको नाम “पृथ्वी” रहेको कुरा पनि हिन्दू धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »