सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षकलाई कालाे माेबिल, विद्यालय अनिश्चिकाल बन्द

काठमाडाैँ । चितवनकाे भरतपुरस्थित बालकुमारी माध्यमिक विद्यालयले अनिश्चितकालीन पठनपाठन बन्दकाे घाेषणा गरेकाे छ ।

मिति २०७७ १२/०४ गते विद्यालय परीसरमा शिक्षक श्री शशिधर गैरे शर्मा माथी भएको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै विद्यालयमा शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण नभए सम्म अनिश्चितकालीन रुपमा विद्यालय बन्द रहने व्यहोरा सूचित गरिन्छ। विद्यालयका प्रधानाध्यापक नारायण बहादुर थापाले निकालेको सूचनामा भनिएकाे छ ।

यस्तै बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा भएकाे असहज परिस्थितिको विभिन्न शिक्षक संगठनले घाेर भत्सर्ना गरेकाे छ ।

भत्सर्ना गर्ने शिक्षक संगठनमा नेपाल शिक्षक महासघ, चितवन , नेपाल शिक्षक संघ, चितवन, नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवन, अखिल नेपाल शिक्षक संगठन, चितवन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, चितवन , नेपाल राष्ट्रिय शिक्षक परिषद्, चितवन र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवन रहेका छन् । शिक्षक संगठनको साे काममा बालकुमारी माध्यमिक विद्यालय शिक्षक एवम् कर्मचारी परिवारले ऐेक्यवद्दता जनाएको छ ।

विगत केही दिनदेखि देखिएको असहज परिस्थिति तथा विद्यालयमा कक्षा ११ र १२ का अध्ययनरत विद्यार्थीहरुद्धारा विद्यालयको भौतिक संरचनाहरु तोडफोड गरी शिक्षकहरुको मान मर्यादाको ख्यालै नराखी विभिन्न अराजक किसिमका गतिविधिहरु गरेको र छानविन प्रकिया अगाडी बढ़ी रहेको र कानूनी प्रकियाहरुको बाटों रहेको अवस्थामा शिक्षक माथी अमर्यादित तरिकाले प्रहरी प्रशासनको उपस्थितिमा नै कालो मविल छयापी शारिरीक रुपमा नै घाइते हुने गरी कुटपिट गरी शैक्षिक गतिविधिमा समेत दख्खल पुन्याई सम्पूर्ण शिक्षक कर्मचारीहरुको मान मर्दन तथा मानसिक स्थितिमासमेत प्रभाव पर्ने र मनोवल गिराउने काम भएकोले विद्यालयमा शैक्षिक अवस्था सहज र शान्तिपूर्ण नभएसम्म तथा दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म हामी शिक्षक-कर्मचारीहरु कुनैपनि शैक्षिक गतिविधिमा संलग्न नहुने जानकारी गराउँदै विद्यालयमा भएको तोडफोड र शिक्षकहरुको मान मर्दन माथी गरेको अराजक गतिविधिको घोर-भत्सर्ना गर्दछौं । साथै घाइते शिक्षकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं । शिक्षकहरूले संयुक्तरूपमा रूपमा निकालेकाे वक्तव्यमा भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »