सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षकहरुको नि:शुल्क कोरोना बिमा, भदाै २५ गते भित्रमा सम्पति विवरण बुझाउन तेमाल गाउँपालिकाकाे अनुराेध

काठमाडाैँ । गाउँपालिकाको मातहातमा रहेका सम्पूर्ण विद्यालयका शिक्षकहरुको तेमाल गाउँपालिकाले नि:शुल्क कोरोना बिमा गर्ने भएको छ ।


नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्य बुँदा नं. २८५ मा उल्लेख गरे अनुसार तेमाल गाउँपालिकाले तेमाल गाउँपालिकाको विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षकहरुको नि:शुल्क कोरोना बिमा गर्न लागेको शिक्षा अधिकृत केदार प्रसाद ढकालले सूचना प्रकाशित गरी जानकारी दिएका हुन् ।


सूचना प्रकाशित भएको एक हप्ता भित्रमा विद्यालयको लेटर प्याडमा सम्पुर्ण विवरण उल्लेख गरि गाउँपालिकाको कार्यलयमा बुझाउन अनुरोध पनि गरेका छन् ।
यसै गरी सरकारी स्रोतबाट तलब भत्ता खाने सम्पूर्ण शिक्षक कर्मचारीहरुले यही भदौ २५ गतेसम्म सम्पति विवरण पेश गर्न पनि आह्वान गरेको छ ।
बाँकी सूचना पढ्नु होला ।

सम्पति विवरणकाे सूचना

भर्खरै

सम्बन्धित खबर

Language »