सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना देखिएपछि चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडौं । कपिलवस्तुबाट ६ दिनअघि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना भएकी एक बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आज बालिकाकाे शल्यक्रिया गर्ने तयारी थियाे । तर ती बलिकामा परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएपछि शल्यक्रिया राेकिएकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । भर्ना भएकी बालिकामा कोरोना पुष्टि भएपछि अस्पतालको न्यूरो वार्ड ‘सिल’ गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »