सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिवपुरी माध्यमिक विद्यालयकाे शैक्षिक प्रदर्शनी मेला सम्पन्न

काठमाडाैँ । शिवपुरी माध्यमिक विद्यालय काठमाडाैँ वडा नं। ३ महाराजगञ्जमा कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यनरत छात्रछात्राहरूले निर्माण गरिएकाे विभिन्न शैक्षिक प्रदर्शनी मेला फागुन १० शनिबार सम्पन्न भएकाे प्रधानाध्यापक दिवाकर दुर्शदर्शीले सारा खबरलाई जानकारी दिनु भएकाे छ ।

अध्ययनको क्रममा सिकेका व्यवहारिक ज्ञान र सीपको प्रयोग गरी स्थानीय साधन स्रोतबाट निर्माण गरिएका विभिन्न ऐतिहासिक, साँस्कृतिक, सामाजिक, प्रयावरण, भाषा साहित्य, गणीत, विज्ञान र सूचना प्रविधिसँग सम्बन्धित सामग्रीहरुको स्टल राखेकाे उहाँले संवादकाे क्रममा बताउनु भयाे ।

उक्त प्रदर्शनीमा छिमेकी विद्यालयका शिक्षक विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधि, शिक्षा प्रेमी, आम जनसमुदाय तथा अभिभावकज्यूहरुबाट गहिरो अभिरुचीका साथ उक्त प्रदर्शनीको अवलोकन गरिएको थियो ।

छात्राछात्राहरुलाई प्रोत्साहित गर्नको लागि संचालन भएकाे मेला बिहान १० बजे देखि दिउसाे ३ बजेसम्म संचालन भएकाे थियाे ।

विद्यालयमा संचालित बाल क्लव, सफा क्लव, इकाे क्लव, इन्टरनेश्नल स्कुल अवार्ड, प्राेग्राम अन्डर ब्रिटिस काउन्सिल लगएत विभिन्न ल्कवमा आवद्ध तथा आम विद्यार्थीहरुको सहभागितामा सय भन्दा बढी स्टलहरुबाट सामग्रीहरुको प्रर्दशन गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »