सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिवपुरी माध्यमिक विद्यालय बालुवाटरले अविभावक र विद्यार्थीका लागि राहत वितरण

काठमाडाैँ । विशपुरी माध्यमिक विद्यालयले साे विद्यालयमा अध्यक्षनरत अविभावक र विद्यार्थीहरूका लागि राहत वितरण गरेकाे छ । याे विद्यालयमा विभिन्न जिल्लाबाट काठमाडाैँमा बसाेबास गरिरहेका विभिन्न वर्गका छाेराछाेरीहरू अध्ययनरत छन् ।

काेराेना भाइरसकाे त्रासमा लकडाउन घाेषणा गरेकाे ३ हप्ताकाे समय अवधि पार गर्दै छन् । अहिले काठमाडाैँमा सामान्य जीवन यापन गरिरहेकाहरू लागि साँझ बिहानकाे छाक टार्न समस्या भैरहेका छन् ।

प्राप्त जानकारी अनुसार शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न अभावका खबरहरुसँगै आफ्ना विद्यार्थी र अभिभावकहरुकाे अवस्थालाइ मध्यनजर गरी राहत वितरण गर्ने याेजना भनाएकाे बताउनु भएकाे छ ।

उहाँ भन्नु हुन्छ ”कतै हाम्रा विद्यार्थी र अभिभावकले खाद्यान्न अभावको समस्या त भोगिरहेका छैनन् ? प्यारा विद्यार्थी र अभिभावकहरु भोकले छट्पटाएका त छैनन् ? मलाइ त्यही चिन्ताले पिरल्न थालेकाे थियाे । विद्यार्थी र अभिभावक भोकले छट्पटाएको विद्यालयले कसरी टुलुटुलु हेरेर बस्न सक्थ्यो र । शिक्षक, विद्यार्थी र अभिभावक एकै परीवार त हो नि ।’

प्र. अ. दूरदर्शीलाई रातभर निद्रा परेन । भोलि बिहानै विद्यालयका सहयोगीलाई खाद्यान्न अभाव भोगीरहेका विद्यार्थी र अभिभावकको विवरण संकलन गर्न आग्रह गरे । आफूले पनि केहीसँग टेलिफोनबाट जानकारी लिए । सामाजिक सञ्जालमा सूचना राखे – ‘कोही अध्ययनरत विद्यार्थी र अभिभावक खाद्यान्न अभाव भोगिरहनुभएको छ भने विद्यालयमा सम्पर्क गर्नुहोला ।’

त्यसपछि उनले केही दाताहरुसँग सम्पर्क गरे । हाम्रा विद्यार्थी र अभिभावकहरु भोका हुन सक्छन् आवश्यक परे खाद्यान्न सहयोग गर्नुपर्यो भनेर । तत्काल केही दाताहरु खाद्यान्न सहयोग गर्न तयार भए । विद्यालयको कोषबाट पनि केही रकम जोहो गर्ने निधो गरे । भूपू विद्यार्थीहरुले पनि सहयोग गर्ने बचन दिए ।

यसबाट हौसिएका प्रअ दूरदर्शीले खाद्यान्न अभाव भोग्ने अभिभावक र विद्यार्थीहरुको विवरण संकलनमा तिब्रता दिए । उनले भने–’विद्यालयलाई दुख पर्दा सहयोग गर्ने अभिभावकहरु संकटमा हुँदा विद्यालयले हात बाधेर बस्न मिलेन नि ।’

शुक्रवार साइत जुर्यो । दाता र विद्यालयको स्रोतमा खरिद गरिएको खाद्यान्न विद्यालयमा आइपुग्यो । अत्यन्तै खाधान्न अभाव झेलेका २० अभिभावकहरुलाई विद्यालय परिशरबाटै खाद्यान्न वितरण गरियो ।

‘आज २० परीवारलाई वितरण गरियो, अझै ८० जनाको लागि खाद्यान्न तयारी अवस्थामा छ ‘– दूरदर्शीले एजुकेशन पाटीसँग भने ।

विद्यालयले शुक्रवार विहान हरेक अभिभावकलाई पहिलो चरणमा १५ केजी चामल, १ केजी दाल, १ लिटर खानेतल, १ प्याकेट नून सहितको राहत प्याकेज वितरण गरेको छ ।

विद्यालयको यस कार्यमा आर्थिक र व्यवस्थापनपक्षमा विव्यस सदस्य सूर्य पंगेनी, समाजसेवी सुजित कुमार राठी, पूर्व विद्यार्थीहरु लक्ष्मी अधिकारी, अजिता, श्यामहरि सेढाईलगायतको सहयोग रह्यो ।

यस्तै, वितरण व्यवस्थापनमा बिहानै देखि शिक्षक राजेन्द्र सर, कर्मचारीहरु गोविन्द कार्की र राजकुमार पुरकिो खटाइ रहेको थियो ।

प्रअ दूरदर्शीले आर्थिक र व्यवस्थापन पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भने–’एउटै परीवारका सदस्य एकजना भोकै रहँदा अरु सदस्यलाई कसरी खुसी मिल्छ ।’

राहत पाएका अभिभावकहरुले पनि संकटमा विद्यालयले सम्झेकामा खुसी व्यक्त गरे । एक जना अभिभावकले आँखाभरी आशु छल्काएर भनिन्– ‘विद्यालयले ज्ञान मात्रै नदिँदो रहेछ, खुसी पनि दिँदो रहेछ ।’

भर्खरै

सम्बन्धित खबर

Language »