सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शुक्रबारदेखि नेपालगन्जमा चार घण्टा लकडाउन खुकुलो परिने

नेपालगन्ज । नेपालगन्जमा जारी तीन दिने निषेधाज्ञा बिहीबार मध्यरातिबाट सकिदैछ । अत्यावश्य सामान खरिदका लागि नेपालगन्जमा शुक्रबारदेखि चार घण्टा खुकुलो पारिने भएको छ । बिहीबार बसेको सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो पार्ने निर्णय गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हरेक दिन ११ बजेदेखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका र आपुर्तिका लागि निस्कन दिइने बताए ।

‘सवारीसाधन पूर्णरुपमा निषेध गरेका छौं,’ प्रजिअ खड्काले भने, ‘पैदल हिँडेर ११ बजे देखि ३ बजेसम्म अत्यावश्यक सामान खरिद गर्न सकिन्छ ।’ खड्काका अनुसार चार घण्टाबाहेक घर बाहिर निस्कन पाइने छैन ।

नेपालगन्जमा एउटै टोलबाट २३ जनामा कोरानाको संक्रमण देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । नेपालगन्जमा एकजना कोरोना संक्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाने क्रममा एउटै टोलका २३ जनालाई संक्रमण भएको पाइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »