सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शुक्रबारदेखि विदेशमा अलपत्र नेपालीको उद्धार उडान पुन: सुरु

काठमाडौं। केही दिनदेखि रोकिएको उद्धार उडान शुक्रबार जुलाई ३१ देखि फेरि सुरु हुँदैछ ।

जुलाई ३१ देखि अगष्ट ८ सम्म उद्धार उडान तालिका तय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रतिकुल मौसमको कारण विदेशबाट उद्धार गरेर ल्याइएकालाई सम्बन्धित पालिका वा जिल्लामा पुर्याउन समस्या भएपछि केही दिनयता उद्धार उडानहरु भएका छैनन् ।तर विशेष अवस्थामा भने उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा भिसा, करार सकिएकादेखि रोजगारी गुमाउँदा समस्यामा परेका श्रमिकको प्राथमिकताको आधारमा सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड जहाजमार्फत उद्धार गरिरहेको छ ।

अहिले चार्टर्ड जहाजमार्फत स्वदेश फिर्तीको प्रक्रिया हुँदा समस्यामा पर्नेहरूले टिकट नपाएको गुनासो पनि गरिरहेका छन् ।

अहिले पनि खाडीका देश र मलेसियामा हजारौं श्रमिक स्वदेश फर्कने दिन कुर्दै बसिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »