सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रमजीवी पत्रकारको अनिवार्य स्वास्थ्य वीमाको माग

काठमाडौँ, (रासस) । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कोभिड १९ को जोखिममा क्रियाशील श्रमजीवी पत्रकारको अनिवार्य स्वास्थ्य वीमालगायत आवश्यक अन्य सुरक्षा मापदण्ड अपनाउन सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।


यहाँ आज आयोजित कार्यक्रममा शाखाका अध्यक्ष शन्तराम बिडारीले कोरोना भाइरसको जोखिमको अवस्थामा सञ्चारकर्मीलाई थप सामाजिक सुरक्षाको खाँचो औँल्याउँदै उनीहरुलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट हटाउन थालेकामा त्यसको बिरोध गर्नुभयो । सञ्चार व्यवसायीले विगतमा गरेको नाफाबाट अहिले विपदको समयमा पत्रकार तथा कर्मचारीको दायित्व वहन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिडारीले आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन माग गर्नुभयो ।


सो अवसरमा वाङ्घला पव्लिक सेफ्टी ट्रेडिग सेन्टरका सञ्चालक ई. भरत आचार्यले शाखाका अध्यक्ष विडारीलाई करीब २५ हजार मूल्यको किटनाशक औषधि छर्कँने दुइवटा यन्त्रका साथै केही औषधि हस्तान्तरण गर्दै कोरोना भाइरसको जोखिम घटाउन घर तथा कार्यालय आसपास क्षेत्रमा विशेष सरसफाइ गरी सावधानी अपनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।


शखाका उपाध्यक्ष सूर्य सुवेदीले सेन्टरले प्रदान गरेको दुइ यन्त्रमध्ये एउटा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई मंगलबार प्रदान गरिने जानकारी दिनुभयो । उहाँले सरकारले स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउन माग समेत गर्नुभयो ।


शाखाले करिब क्रियाशील २५० सञ्चारकर्मीको कोरोनासम्बन्धी स्वास्थ्य बीमा, चामल, दाललगायत खाद्य सामग्री सहयोग गरेको छ । त्यस्तै सुरक्षात्मक सामग्रीहरु मास्क, पञ्जा, ह्याण्ड स्यानिटाइजर, पिपिइ तथा प्रेस ज्याकेट तथा सदस्यहरुको शरीरको तापक्रम नापिरहने प्रबन्ध गरेको छ ।

भिडियाे हेर्नका लागि यहाँ क्लिक गर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »