सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रमजीवी बर्गको राज्यसत्ता स्थापना ,राज्यको बिलोपिकरण र बर्गबिहिन समाजको निर्माण

हेम बहादुर खड्का

 

श्रमजीवी बर्गको राज्यसत्ता स्थापना र उत्पीडित जनसमुदायको अधिनायक्त्व , बर्गिय स्वरुपको सम्पुर्ण रुपले अन्त्य ,राज्यको बिलोपिकरण र बर्गबिहिन समाजको निर्माण

१. श्रमजीवी बर्गको राज्यसत्ता स्थापना र उत्पीडित जनसमुदायको अधिनायक्त्व :

क) क्रान्तिकारी पार्टीको पुनर्गठन र संक्रमणकालिन बेलाको रक्षात्मक प्रत्याक्रमण भयो कि भएन त्यसको मात्रात्मक अबस्था बढाउदा कस्तो प्रतिक्रिया आयो? प्रतिक्रियावादीहरुमा हलचल आयो की आएन ?

तत्कालीन कार्यभार, मध्यकालीन र दीर्घकालीन कार्यनीति र रणनीति , जनसंघर्षका ठोस कार्यक्रमको घोषणा भयो?

क्रान्ति पुर्बको रणनीति ठिक ढंगले बढ्न सक्यो त ? अर्थात पार्टी , सत्ता , सेनाले कस्तो भुमिका खेल्यो? जनतालाई क्रान्ति प्रति आकर्षण गर्न सक्यो त ? जनतन्त्र, जनजिबिका र जनसवाललाई साझासवाल बनाउन सक्यो? त्यस्तो जनसंघर्षलाई जनता माझ लैजान सक्यो?

ठोस परिस्थितिको ठोस बिश्लेसन गरेरै पार्टीले जनताको हकहितका पक्षमा काम गर्न सक्यो? यसबाट देशभक्त र क्रान्तिकारी बिच ठूलो धुर्बिकरण ल्याउन सक्यो?

अन्तरास्ट्रिय स्तरमा मित्र शक्ति सङ्ग कस्तो सम्बन्ध बिस्तार भयो? संघर्ष उठाउन कत्तिको सहयोग र सद्भाव रह्यो ? देशीविदेशी प्रतिक्रियावादीको किल्लामा धावा बोल्दै कतिको धक्का दिन सक्यो? त्यसको परिणाम कस्तो आयो?

ख) तत्काल खेल्नुपर्ने राजनीतिक भुमिका बमोजिम पार्टीले तत्कालीन कार्यनीतिमा नयाँ क्रमभङ्ग के गर्यो र त्यसको परिणाम के आयो ?

के सहि समयमा सहि बिश्लेसन गरेर पार्टीले राजनीतिक मैदानमा आफ्नो उपस्थिति देखाउन सक्यो? जसले गर्दा जनता सङ्ग पार्टी एकाकार हुन सक्यो ?

यो प्रक्रियाले क्रान्ति सुरु हुनु अगाडीको रणनीतिमा पनि नयाँ निखार ल्याउने बिकास भएर फेरि शसक्त शसस्त्र सयुक्त मोर्चा बन्ने बाटो खुल्छ त्यसको मात्रा कस्तो रह्यो ? क्रान्तिकारीहरु को धुर्बिकरणले क्रान्ति नयाँ उचाईमा पुग्दैछ?

ग) जनवादी गणतन्त्रका लागि सङ्घर्ष गर्न र बैज्ञानिक समाजावादी सत्ता स्थापना गर्न समाजवादी क्रान्तिको उद्घोष पुर्व ती सबै चरण पूरा गरिन्छ ती रणनीति बदालिएर अब अन्तिम चरणको संघर्षमा जान्छन् त्यतिबेला कार्यनीति मुख्य भएर रणनीति फेरि बदलिन्छन, के रणनीति बदलिएर क्रान्तिको तुफानी आउने बेलाको पुर्बसन्ध्या हो त यो ?

यतिबेला सम्म समाजवादी व्यवस्थामा प्रवेश गर्ने , साम्यवादी युगमा प्रवेश गर्न र राज्यलाई विलोपिकरण गरि वर्गबिहीन समाज निर्माण गर्ने स्पस्ट प्रारम्भिक खाका कोरिनु पर्दछ । जुन कुरा साधरण भाषामा व्याख्या गरिएको होस् , के कार्यकर्ता र आम जनतामा त्यो पोलिटिकल क्याप्सुल पुग्यो त ? जसले रास्ट्रीयता र स्वाधीनताको संघर्ष तय गर्ने सचेतना आफैंमा जगाउन सकोस ।

यी रणनीति र कार्यनीति पूरा गरेर , अब क्रान्तिको सुरुवात हुन्छ , त्यो सङ्गठनले परिपक्व रुपमा क्रान्तिलाई नयाँ उचाई दिन सक्दछ ।

घ) सबैखाले बर्गिय विभेद, असमानता र अपारदर्शीताको ब्याप्त जालो च्यात्दै, समाजवादी सत्ताको स्थापना र उत्पीडित एवं श्रमजीवी वर्गको अधिनायक्त्व स्थापना गर्ने व्यवस्थाको डिपिआर स्पष्ट कोर्न सक्ने कार्यदिशा भएको पार्टीले मात्रै यो लक्ष्य हाशिल गर्न सक्दछ,

यसर्थ , उक्त डिपिआर जनतामाझ पुग्न जरुरी छ, जसले बिश्वास पैदा गर्न सक्ने नयाँ आधार तय गर्न सक्द्छ ,

बैज्ञानिक समाजवादी सत्ताको कुनै ईकाईमा पुर्ण संरचना सहितको नमूना , सत्ता संचालन र यो प्रक्रियाले नै हेर्न, छुन र महसुस गर्ने जनताको सत्ता स्थापना गर्ने महान प्रक्रियाको परिकल्पना गर्न सकिन्छ ।

२. बर्गिय स्वरुपको सम्पुर्ण रुपले अन्त्य

क) सामान्य अर्थमा बर्गिय स्वरुपमा शुन्यता कायम गर्नु नै साम्यवादको आधार हो, तर गहिराईमा यो निकै जटिल र चुनौतीपुर्ण छ, ठिक ढंगले रणनीति र कार्यनीतिलाई बदल्न सक्दा यो प्रक्रियामा छ्लाङ मार्न सकिने कुरा निश्चितै छ ,

जुन सङ्गठन पुर्णतया बर्गिय बिभेदको उन्मुलन को मुद्दा बोकेर आन्दोलनको दौडानमा हुन्छ खास त्यही कमिटीमा त्यो विभेद देखिने कुरा निरासा र बितृस्णाको भए बन्न पुग्दछ , यसर्थ हामीले बुझ्न् पर्ने कुरा कहाँ छ भने कार्यदिशा अनुरुपको कार्यकर्ता त्यसका रोल मोडल छन कि छैनन् ?

हामीले न्युनतम रुपमा पार्टी र मातहतका कमिटी मार्फत उक्त कुरा देख्न छुन र महसुस गर्न सकिने खालको कार्यक्रम तय गर्ने र कार्यन्वयन गर्ने भन्ने बारे पारदर्शी र जिम्मेवार ढंगले सम्पादन गर्न सक्नु पर्दछ । यो नै पार्टी मातहतका जिम्मेवार कमिटी र नेतृत्वको कार्यभार हुन्छ,

ख) समाजमा रहेका बर्गिय विभेद समाजको निर्माण र त्यो सङ्ग आएको सुरुको बर्ग निर्माण सङ्ग आधारित छ, यसका क्रममा भएका बिकास र पक्षपोषण गर्ने तत्व कारक हुन, यसको तिब्रता र सक्रियतको मापन गरेर नै नयाँ क्रम भङ्गको तय गर्न सकिने हुन्छ ,

प्रणालीमा आधारित सत्ताले मात्रै बिशेश कोड अफ कन्डक्टको बिकास गर्न सक्दछ, जसले बिशेश प्रबिधि मार्फत सत्ता संचालनको निर्दिशिका निर्माण गरेको हुन्छ , त्यहाँ हरेक नागरिक र शासक बिच कुनै व्यक्ति बिशेश अधिकार नरही, समान न्याय , अधिकार र कर्तव्यद्वारा बाधिएको हुन्छ ,

जसले गर्दा कर्तव्य निष्ठ पारदर्शी सत्ता र अधिकार प्राप्त नागरिक बिच बर्गिय फरक रहदैन , त्यो प्रणालीको बिकास , अभ्यास र लागु गर्ने कुरा सच्चा समाजवादी जन नायकहरु सङ्ग मात्रै हुन्छ , यस बारे व्यापक छलफल, निर्णय र कार्यन्वयनको तहमा जाने बारे बहस जरुरत छ ।

ग) समाजमा रहेका सबैखाले बर्गिय प्रकारलाई , बैज्ञानिक तबरले एउटै साचोमा हाल्ने प्रणाली बिकास गर्न , यो प्रबिधि बारे बिज्ञहरुले गर्न सक्दछ्न , तर यसको परिकल्पनाकारले कथमकदाचित आन्दोलन वा संघर्ष बाट बिमुख रहे या भौतिक रुपमा नरहे यो, अनुसन्धान र अध्यनको बिसय त रहन्छ नै, तर यो सबै ब्याख्या , “जनता र शासक सबैमा लागू हुने बैज्ञानिक प्रबिधि” राज्यको सबै निकायको स्वचालित प्रणाली सङ्ग सम्बन्ध हुन्छ , यसै बिधिमा राज्यको ढाचा कोरिने छ ।

३. राज्यको बिलोपिकरण र बर्गबिहिन समाजको निर्माण

क) जब कुनै पनि समाजवादी शक्तिले समाजवादको वास्तविक परिकल्पना गर्दछ, उसले बर्ग विभेद रहित समाज निर्माण गरेर उत्पीडित बर्गको अधिनायक्त्व सहितको सत्ता निर्माण गर्दछ, यसले राज्य बिस्तारै केबल बिधि बसाल्ने साधन मात्रै बन्न पुग्दछ अर्थात यो बिलोपिकरणको बाटोमा जान्छ,

राज्यका सबै निकाय स्वचालित प्रबिधिमा समान ढंगले चल्दा , सिङ्गो मानव समाजमा कुनैपनी रङ्ग, लिङ्ग , जात वा धर्म , पेशा कुनै पनि हिसाबले अन्तर छुट्टाउनु र सेवा सुबिधा प्रदान गर्ने आममाफी गर्ने वा कम वा बढी दण्ड र पुरस्कार भन्ने हुदैन ,

यसले गर्दा बर्गबिहिन समाजको निर्माण गर्ने आधार तय हुन्छ, यतिबेला मानव अस्तित्व र मानबिय कर्तव्यबोध बाहेक स्वार्थमा जोडिएको सबैकुराको अन्त्य हुने बाटो खुल्छ ।

ख) श्रमजीवी बर्गको राज्यसत्ता स्थापना भइसकेपछि पनि वर्गीय स्वरुपको सम्पूर्ण रुपले अन्त्य गर्नका लागि मानवजातिलाई नै दिशानिर्देश गर्ने मार्गदर्शक सिद्धान्त बनाउनु र सम्पूर्ण विश्वलाई एक राज्यमा परिणत गर्ने र राज्यको विलोप गराएर सम्पूर्ण रुपले वर्गीय शोषणको अन्त्यको लागि अन्तिम समयसम्म अस्तित्व सहित भूमिका निर्वाह गर्ने शक्ति कम्युनिस्ट पार्टी नै हो ।

यसरी हेर्दा तत्कालीन रणनीति कार्यनीतिक भएर सम्पन्न गर्दाको समिक्षा, बस्तुगत परिस्थिति अनुसारको ठोस बिश्लेसन गरि मद्यकालिन रणनीतिलाई कार्यनीतिमा बदलेर आगामी रणनीति तर्फ बढ्नु पर्दछ।

भर्खरै

सम्बन्धित खबर

Language »