सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री सत्य साई केन्द्र द्वारा उपत्यकाको बिभिन्न ठाउँमा राहत बितरण

काठमाडौं । कोरोना माहामारीको अवस्थामा कोहि भोकै बस्न नपरोस् भन्ने उदेश्यले सत्य साईकेन्द्रले उपत्यकाको बिभिन्न ठाउँमा खाना तथा राहत बितरणलाई निरन्तरता दिईरहेको छ ।

कोरोना कहरले मजदुरी गरी खाने बर्ग, बेरोजगार ,बालबालिका ,सुत्केरी महिला , अपांग ,अशक्त लगायतलाई दैनिकि गुजारागर्न अत्यन्तै अप्ठ्यारो परेको देखेर मानविय समबेदनालाई प्रकट गर्दै यो सानो सहयोगको प्याकेज बनाएर आम नगारिकको सेवामा लागेको श्री सत्य साई सेवा संगठन को अध्यक्ष श्रीधरा बास्कोटाले बताउनु भयो ।

श्री सत्य साई केन्द्र ले आजै मात्र उपत्यकाको ठमेल ,शेषमती ,नयाँबजार र बालाजु क्षेत्रका धेरै पिडीतहरुलाई राहत बितरण गरेको जनाएको छ ।

कोरोना कहरको निषेधाग्या को शुरु देखिनै आम नगरिकको सेवामा खटीएको यो टीममा राहतको लागी संयोजन कारी भुमिका श्री सत्य साई केन्द्रका कार्यक्रम संयोजक शन्तोष रायमाझी ले निभाउनु भएको छ ।

उपत्यकामा  गरीएको राहत बितरण कार्यक्रम मा पिडाले छटपटीएका, कोठा भाडा गरी बस्ने,तथा सडक मा रहेका हरुलाई प्राथमिकतामा राखेको राहत बितरण गर्दै गर्दा ने वि संघ  का पुर्ब उपसभापति यबं नेपाली काँग्रेसका  युवा  नेता राम प्रसाद अधिकारिले प्रेस प्रतीनिधिलाई बताउनु भयो । कोरोना  कहर मा  मात्र  नभै देशलाई अप्ठ्यारो परेको आवस्थामा जुनसुकै बेला पनि आफु देश प्रती समर्पित भई काम गर्न ईच्छुक रहेको नेता अधिकारीले बताउनु  भएको  छ ।

राहत बितरणमा श्री सत्य साई केन्द्र का शन्तोष रायमाझी ,नुवाकोटका युवा नेता दिपक पाण्डे ,युवा नेता राम प्रसाद  अधिकारी ,सत्य साई संगठनका  श्रीधरा बास्कोटा लगायतको उपस्थिति रहेको  थियो ।

नयाँबजार  बालाजु क्षेत्र मा राहत बितरणको ब्यबस्थापन  मानवका लागि मानव अभियान का आयोजक टीम का च्याङ्बा  तामाङ्ग तथा स्थानिय युवा हरुले गर्नु  भएको थियो ।

आफुहरुको देश भर् २२६ बटा स्टेसन रहेको र यदि कसैलाई भोकै बस्नु पर्ने अवस्था आएको खण्डमा नजिकैको कुनैपनि सेन्टरमा संपर्क गरी सेवालिन सकिने संगठनको अध्यक्ष श्रीधरा  बास्कोटाले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »