सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

षड्यन्त्रकारीहरू सरकार ढाल्न प्रयासरत छन्ः मन्त्री भट्टराई (भिडियाे सहित)

काठमाडाैँ । जिल्ला हाेटल व्यवसायी संघ काठमाडाैँकाे तेस्राे साधारण सभाकाे उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराइले सरकार ढाल्नका लागि विभिन्न षडयन्त्र रचेता पनि असफल भएकाे बताएका छन् ।

संक्रमण कालमा फाइदा लिन पल्केका भ्रष्ट्रचारीहरूले सरकारलाई आफ्नाे इसारामा नचाउन नसक्दा अहिले विभिन्न काण्डहरू मच्चाउन खाेजेको र त्यस्ता कार्य कहिल्यै सफल नहुने दाबी गर्नुभयाे ।

जातीय, लैङ्गिक र भौगोलिक रूपमा हिजाेका दिनमा राज्यलाई बिखण्डन गर्न खाेजकाहरू आज पनि सरकार विरूद्ध विभिन्न अतिरन्जित आराेपहरू लगाएर जनतामा भ्रम फिँजाउन खाेजेकाे मन्त्री भट्टराइले बताउनुभयाे ।

उहाँले कार्यक्रमलाई सम्वोधन गर्ने क्रमममा सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार तत्कालका लागि स्थगित गरेको जानकारी पनि दिनुभयाे ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए । कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भने, ‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’

अब देशभित्रकै पर्यटन प्रवृर्द्धनमा जोड दिने उनले बताए । कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको उनले बताए ।

भ्रमण वर्षको सुरुआतमै चीनमा कोरोना देखिएको थियो । अहिले यो कोरोना संक्रमण मध्यपूर्वी एसिया र युरोप हुँदै अफ्रिकासम्म फैलिएको छ । यसका कारण पर्यटकहरुले अग्रिम रुपमा गरेको होटल तथा प्याकेज बुकिङ समेत रद्ध गरिरहेका छन् । अहिले प्रायः पर्यटकीय क्षेत्रहरुमा विदेशी पर्यटक न्युन संख्यामा मात्रै भेटिन्छन् ।

कोरोनाको संक्रमण विभिन्न देशमा फैलिँदै जान थालेपछि सरकारले विभिन्न देशका मेला महोत्सवमा नेपालले भाग नलिने निर्णय गरेको हो । यस्ता प्रचारका सबै कार्यक्रम स्थगित गरेर सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने भएको छ । अर्थतन्त्रमा असर नपुगोस् भनेर अब आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिन लागेको पर्यटनमन्त्री भट्टराइले बताए ।

कोरोनाकै कारण सन् २२२०को आईटीबी बर्लिन पनि स्थगित भएको छ । पर्यटनको महाकुम्भ मेला भनेर चिनिने मेला स्थगित भएपछि नेपालले पनि प्रचार प्रसार तत्कालका लागि स्थगित गर्ने निर्णय लिएको हो । जर्मनीको बर्लिनमा हुने यो विश्वको सबैभन्दा ठूलो पर्यटन व्यापार सम्बद्ध मेला हो । यो मेला १० देखि १४ मार्चसम्म् आयोजना गर्ने तय थियो ।

तर, चीनसँगै कोरिया, इरान, इटाली लगायतका देशमा कोरोनाले प्रभाव पर्न थालेपछि विश्वभरनै पर्यटन प्रवर्द्धनभन्दा स्वास्थ्य सतर्कता अपनाउन बढी जोड दिईँदैछ । नेपालमा भने अझै पनि कोरोना भित्रिन नदिन सरकारले प्रभावकारी कदम चालेको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »