सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संक्रमणको दोश्रो लहर रोक्न रुससँगको सीमामा चीनको विशेष निगरानी

एजेन्सी। देशमा बाहिरबाट आएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले त्यसको नियन्त्रणका लागि अतिरिक्त सुरक्षा उपाय अपनाउन सुरु गरेको छ।

रुससँग सीमा जोडिएको एउटा सानो शहरमा कोरोना संक्रमणमा नाटकिय उछाल देखिएपछि उसले यस्तो गर्न थालेको हो। पछिल्लो समय रुसमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। चीनमा बढेको संक्रमण त्यहाँ आउने विदेशी नागरिकसँग सम्बन्धित छ।

डिसेम्बरमा चीनको मूख्यभूमि हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी पछिल्लो समय चीनमा कम हुँदै गएपनि यसले विश्वका अन्य मुलुकलाई निरन्तर असर गरिरहेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख बढी भइसकेको छ भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ। यसैगरी ४ लाख ५० बढी संक्रमित निको भएका छन्। आइतबार चीनमा १०८ जना नयाँ संक्रमित भेटिएका छन्। ती मध्ये १० जना बाहिरबाट आएका संक्रमित हुन्। मार्च ५ यता यो संक्रमण संख्या हालसम्मकै उच्च हो।

यसले संक्रमणको दोश्रो लहर सुरु होला भन्नेतर्फ ध्यान खिचेको छ। यस्तो भएमा बेइजिङको महामारीसँग चार महिना लामो लडाईंपछि जनजीवनलाई पुनः सामान्य बनाउने योजना बिथोलिन सक्छ।

चीनलाई रसियासँगै अफ्रिकाबाट भइरहेको आवगमनले पनि चिन्तित पारेको छ। देशको दक्षिणी प्रवेशद्वार मानिएको ग्वाङजाओ शहरमा अफ्रिकी आवगमनले आयातित संक्रमण बढाउने खतरा छ।

अफ्रिकी महादेशमा रहेको कमजोर स्वास्थ्य सेवा प्रणालीले नयाँ संक्रमण बढाउने चिन्ता चीनलाई रहेको छ। ग्वाङजाओमा चीनले संक्रमण खतराको सूचिमा रहेका देशबाट आउने आगन्तुकहरूलाई ब्ल्याङ्केट क्वारेनटाइनमा ‍उनीहरूको निगरानी गरिरहेको छ।

चीनको यो व्यवहारमा अफ्रिकी कुटनीतिज्ञहरूले भने आपत्ति प्रकट गर्दै आइरहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »