सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै देखियो कोरोना संक्रमण

काठमाडौं । वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार राति थपिएका पर्साका तीन जना कोरोनाभाइरसका संक्रमितमध्ये एक जना नारायणी अस्पतालमै खटिएकि ३६ वर्षीया महिला नर्स रहेको खुलेको छ।

उनी कोरोना संक्रमितको उपचार भइरहेको वीरगन्जको नारायणी अस्पतालकी नर्स हुन्।अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावागीले तीन जनामध्ये एकजना नर्स रहेको जानकारी दिए। अहिले तीनै जनालाई सिद्धार्थ माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालमा आइसोलेसन बेड भरिएपछि बुधबारदेखि थपिएका संक्रमितहरूलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको हो। २० जना संक्रमित क्वारेन्टाइनमा छन् भने ७० जना संक्रमित नारायणी अस्पतालको आइसोलेसनमा छन्।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »